Classified Ads
कोभिड-१९ अपडेट

अशक्त भएका खेलाडीहरुको भेट्रान खुल्ला बास्केटवल प्रतियोगिता

Posted in बनेपा, खेल on Mar21,2018


काभ्रे जिल्लामै पहिलो पटक शारिरीक रुपमा अशक्त भएका खेलाडीहरुको भेट्रान खुल्ला बाँस्केटवल प्रतियोगिता ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको खेल मैदानमा सम्पन्न भएको छ । प्रतियोगितामा काभ्रे जिल्ला तथा आसपासका जिल्लाहका ३५ बर्ष नाघेका भेट्रान खेलाडीहरुको सहभागिता थियो ।

भेट्रान खेलाडीहरुले भरिएको प्रतियोगितामा चार टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा ज्ञानकुञ्ज टिमले प्रथम स्थान हासिल गरेको थियो भने दोस्रो स्थान हिमालय टाइगर्सले हात पारेको थियो । प्रतियोगितामा सगरमाथा टिमले तेस्रो स्थान हात पारेको थियो ।

प्रतियोगितामा शिल्ड, प्रमाणपत्र तथा बिजेता टिमलाई १२ हजार रुपैंया, दोस्रो टिमलाई ८ हजार र तेस्रो टिमलाई ६ हजार नगद प्रदान गरिएको थियो । काभ्रे उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष तथा प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप वैद्यले नगद तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगितामा तिलक पोखरेलले उत्कृष्ट खेलाडीको उपाधि पाएका थिए ।

काभ्रे जिल्लामा सुविधा सम्पन्न बास्केटवल कोर्ट ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान लगायत केही विद्यालयमा मात्रै रहेको छ । ज्ञानकुञ्जले यस्ता शारिरीक रुपमा अशक्त व्यक्तिहरुलाई निरन्तर सहयोग गर्ने प्रतिष्ठानका प्रबन्ध निर्देशक वैद्यले बताए । कार्यक्रमको सभापतित्व स्पाइनल कर्ड इन्जोरी खेलकुद संघका गायत्री दाहालले गरेका थिए ।


Tweet