Classified Ads
कोभिड-१९ अपडेट

केन्पो खुकुरी मार्सल आर्टस् ३ नंबर प्रदेश संघ गठन

Posted in खेल on May26,2018


Source: दिनेश घिमिरे

नेपाल केन्पो खुकुरी मार्सल आर्टस् संघको ३ नंबर प्रदेश संघ गठन भएको छ । शनिबार बनेपामा सम्पन्न प्रथम साधारण सभाले प्रदेश अध्यक्षमा मुक्ति विष्ट, उपाध्यक्षमा राजकुमार पराजुली र दिपेन्द्र घिमिरे, महासचिवमा रमेश खतिवडा, कोषाध्यक्षमा कृष्णप्रसाद सापकोटा तथा सदस्यहरुमा कृष्णहरि दाहाल, राजेन्द्र ओली, लक्ष्मी श्रेष्ठ, सन्दिप ढकाल र राजेश थिङलाई चयन गरेको हो ।

सभाको उद्घाटन गर्दै पूर्वमन्त्री एवं ३ नंबर प्रदेश सांसद राजेन्द्र पाण्डेले खेल स्वस्थ जीवन र राष्ट्रको पहिचान भएकाले यसको जगर्ना र प्रबद्र्धनको आवश्कयता औल्याए । उनले भने ‘खेलप्रति युवालाई आकर्षण गर्नुपर्छ, युवा हाम्रा देशका गहना हुन् ।’

अर्का प्रदेश सांसद बसुन्धरा हुमागाईले प्रदेश सरकार खेलप्रति सकारात्मक रहेकाले मासैल आर्टस्को प्रबद्र्धनमा सहयोग गर्ने बताए ।

सो अवसरमा संघका केन्द्रीय अध्यक्ष पूर्ण पाण्डेले केन्द्रीय संघ गाउँ, नगर, जिल्ला हुँदै प्रदेशस्तरमा संघ गठनको अभियान करिब अन्तिम चरणमा पुगेको बताउँदै केही समयभित्र नेपालमा २५ देशका खुकुरी मार्सल आर्टस्का प्रतिनिधिको अन्तराष्ट्रिय सम्मेलन गर्ने जानकारी गराए ।


Tweet