Classified Ads
कोभिड-१९ अपडेट

बनेपामा थपियो औषधि उद्योग

Posted in बनेपा, अर्थ / बजार on Jan15,2020


क्यूबिडी फर्मास्यिूटिकल्सले माघे सक्रान्तिको अवसर पारेर आफुले उत्पादन गरेका औषधिको विक्री बितरण सुरु गरेको छ ।

बुधबार क्यूबिडी फर्मास्यिूटिकल्सको कर्पोरेट अफिस मानभवनमा औपचारिक रुपमा कम्पनीले उत्पादन गरेका औषधि बजारमा पठाएको हो ।

गुणस्तरलाई पहिलो प्राथमिकता दिएर क्यूबिडी फर्मास्यिूटिकल्सले औषधि उत्पादन सुरु गरेको र आजबाट उत्पादित औषधि बिक्री बितरणका लागि बजारमा पठाएको फर्मास्यिूटिकल्सका प्रवन्ध निर्देशक दीपक प्रधानले बताए ।

सो उद्योग बनेपा, भैंसेपाटी राउतगाउँ जाने बाटोमा स्थापना भएको हो ।


Tweet