Classified Ads
कोभिड-१९ अपडेट

पार्टी जान ड्रेस छैन, मनै लोभ्याउने पार्टी ड्रेसहरु अब भाडामै पाइन्छ

Posted in जीवनशैली, मनोरन्जन, घुमफिर, खानपान, मल्टिमिडिया on Jan17,2020


विवाह, व्रतबन्ध लगायतका कार्यक्रममा जानु पर्ने अवस्था आउँदा सबैलाई खड्किने कुरा हो–पार्टीमा लगाउने नौलो र उपयुक्त ‘पार्टी ड्रेस’ ।

घरी घरी पार्टी ड्रेस किन्न नसक्नेहरुलाई लाग्दो हो एउटै ड्रेस लगाएर कति धेरै पार्टीहरुमा जानु । अनि पार्टी ड्रेस किन्न सक्नेहरुलाई प्रत्येक पटक किनेको पार्टी ड्रेसले दराज नै भरिन थालेकोमा चिन्ता ।

आम मानिसहरुको पार्टी ड्रेसप्रतिको मोह देखेर नै ललितपुरको पुल्चोकमा ‘एन्टिडोट नेपाल’ले पहिलो चरणमा महिलालक्षित गर्दै पार्टी ड्रेसहरु भाडामा उपलब्ध गराउन थालेको छ । नेपालमै पहिलो र नौलो लाग्ने यो व्यवसायको सुरुवात मनिषजंग थापाले गरेका हुन् । उनको एन्टिडोट नेपालमा छानी–छानी भाडामा ‘पार्टी ड्रेस’ हरु पाइन थालेको छ । चाहे कलेजको फंक्सनको पार्टी होस्, चाहे विवाह, ब्रतबन्ध । अनि तीजजस्ता सांस्कृतिक चाडमा पनि गुणस्तरिय पार्टी ड्रेसहरु यहाँ उलब्ध हुन थालेको छ ।

एन्टिडोटका थापा भन्छन्, ‘पार्टीमा एक पटक लगाइसकेको कपडा फेरि अर्को पार्टीमा लगाउन धेरैलाई मन लाग्दैन । पटकपटक नयाँ कपडा सिलाउन झन्झट त हुन्छ नै, आर्थिक क्षमताले पनि भ्याउँदैन । त्यसलाई ख्याल गरी एन्टिडोट सञ्चालन गरेको हुँ ।’

यसका लागि उनले आफ्नै बहिनीको केश स्टडी गरेका थिए । बहिनीलाई पार्टी गइरहने क्रममा ड्रेसका निम्ति आफू र बुबाले पटक पटक खर्च दिने गरेको तर बहिनीले एक पटक पार्टी जाँदा लगाएको लुगालाई अर्को पटक लगाएर जानु पर्दा नरुचाएको घटनालाई थापाले मूल मन्त्र माने र उपायमा पार्टी ड्रेस भाडामा उपलब्ध गराउँदा हुने निश्चय गरे ।

थापा भन्छन्, ‘नेपालमै केही गर्नुपर्छ भन्ने सोच थियो । डेढ वर्ष अघिदेखि पार्टी ड्रेसलाई भाडामा दिन सकिने या नसकिने, कस्ता ग्राहकहरु हुन्छन् । एक पटक प्रयोग भइसकेको पार्टी ड्रेसलाई अरुले लगाउँदा छालासम्बन्धी संक्रमण हुन नदिन के उपाय गर्ने अनि कपडाको ड्राई क्लिनिङजस्ता धेरै कुराहरुमा थापाले महिनौं लगाएर रिसर्च गरे ।

जागीरबाट बचाएको ५० हजार रुपैंयाबाट थापाले आठ महिनाअघि एन्टिडोट एक्लैले सुरु गरेका थिए । ग्राहक बढ्दै गएपछि एन्टिडोटका सञ्चालक मात्रै पाँच जना पुगेका उनको भनाई छ । सुरुमा काठमाडौं उपत्यकाका ग्राहकहरुलाई लक्षित गरेकोमा यतिखेर बाहिरका लागिसमेत सेवा दिन थालेका छन् ।

पार्टी तथा चाडवाडअनुसार आफूलाई मन परेको पार्टी ड्रेस एन्टिडोट नेपालको फेसबुक पेज या इन्स्टाग्राममा गएर छनौट गरि बुक गर्न सकिने उनी बताउँछन् । साथै छनौट भएको पार्टी ड्रेस सुहाउँदो छ कि छैन र मिलेको छ छेन भनेर एन्टिडोटकै इन हाउस फेशन डिजाइनरले हेरिदिने पनि व्यवस्था मिलाएका छन् । ग्राहकहरुले एक–दुई पटक प्रयोग गरेको पार्टी ड्रेसहरु एन्टिडोटलाई भाडामा दिन या बेच्न पनि सक्ने व्यवस्था मिलाइएको छ ।

‘हाललाई एन्टिडोटमा महिलाहरुको पार्टी ड्रेस र अन्य लुगाहरु रहेको छ । अब पुरुषहरुको पार्टी ड्रेसलाई पनि भाडामा राख्ने योजनामा अनुसन्धान गर्दै रहेका छौं,’ थापाले भने ।

एन्डिडोटको फेसबुक पेजः https://www.facebook.com/antidotenepal/

एन्टिडोटको इन्स्टाग्राम पेजः https://www.instagram.com/antidote.nepal/

एन्टिडोटकाबारेमा फर सी नेटवर्कले तयार पारेको भिडियोः https://youtu.be/eis8a6MKZ3g


Tweet