Classified Ads
कोभिड-१९ अपडेट

सहिद स्मारक लिगः जितसँगै थ्री स्टार तेस्रो स्थानमा

Posted in राष्ट्रिय / सङ्घ, खेल on Jan23,2020


Source: रासस

हिमालयन शेर्पा क्लबलाई हराउँदै थ्री स्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो स्थानमा उक्लेको छ । दशरथ रङ्गशालममा आज भएको खेलमा थ्री स्टारले हिमालयन शेर्पालाई ३–१ गोलले हराएको हो ।

जितका साथ थ्री स्टारको १४ अ‌ंक भएको छ। थ्री स्टारका लागि सुशील राई, सञ्जोग राई र विदेशी खेलाडी वासीयु ओलादिरानले गोलगरेका थिए भने हिमालयनका लागि स्टेफेन समिरले सान्त्वना गोलगरे। खेलको छैटौँ मिनेटमा थ्री स्टारका सुशील राईले गोलगरे।

यस्तै खेलको ४४औँ मिनेटमा हिमालयन शेर्पाका स्टेफेन समीरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमापुर्याए। थ्री स्टारका सञ्जोक राईले खेलको ४५औँ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई २–१ गोलको अग्रता दिलाए।

दोस्रो हाफमा पनि थ्री स्टारले हिमालयन शेर्पालाई दबाबमा राख्यो। खेलको ५०औँ मिनेटमा वासीयु ओलादिरानले थ्री स्टारका लागि तेस्रो गोलगरे। त्यसपछिको समयमा भने उसले गोल गर्न सकेन। थ्री स्टार आठ खेलमा चार जित, दुईमा बराबरी तथा दुई खेलमा हारका साथ तेस्रो स्थानमा रहन सफल भएको छ।

यस्तै हिमालयन शेर्पा आठ खेलमा एकमा जित, चारमा हार तथा तीन खेलमा बराबरी खेल्दै सात अङ्कका साथ लिगको ११औँ स्थानमा छ।


Tweet