Classified Ads
कोभिड-१९ अपडेट

‘फुड बैंक’ मा पाराभेटेरिनरियनहरुको सहयोग

Posted in स्थानीय, पनौती, खेती / किसानी, कोभिड-१९ अपडेट on Apr06,2020


किसानको घरदैलोमा पुगेर पशुपंछीलाई स्वास्थ्य उपचार सेवा पु¥याउँदै आएका पनौती नगरपालिका पशुपंछी शाखाका प्राविधिक(पाराभेटेरिनरियन)हरुले पनौती नगरपालिकाको ‘फुड बैंक’ मा विभिन्न सामग्रीहरु सहयोग गरेका छन् । शाखा प्रमुख एवं पशु चिकित्सक मणिप्रसाद सापकोटाको प्रेरणाबाट उत्साहित भएका पाराभेटहरुले यसरी सहयोग गरेका हुन् ।

नेपाल पाराभेटेरिनयन एण्ड लाइभष्टक एसोसियन(नेभ्ला), पनौती नगर समितिका आवद्ध ती पाराभेटेरिनरियनहरुले फुड बैंकले ५ सय परिवारका निम्ति तयार हुँदै रहेको खाद्यान्न र सरसफाईको प्याकेजमा नपुग सामग्रीहरुमध्ये सरसफाईतर्फ नुहाउने र लुगा धुने साबुन उपलब्ध गराएका हुन् ।

उपलब्ध गराइएका सामग्रीहरुमा लाइफबाय साबुन चार बाकस(५७६ गोटा) र लुगा धुने साबुन तीन बाकस(१२० गोटा) सहयोग प्राप्त भएको फुड बैंकका संयोजक एवं वरिष्ठ प्रशासकिय अधिकृत इन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

सो अवसरमा पनौतीका नगर प्रमुख भीम न्यौपानेले नेभ्ला पनौती समितिलाई कदरपत्र प्रदान गर्दै तलबी कर्मचारी भएर पनि मनैदेखि सहयोग पु¥याएको भन्दै हार्दिक धन्यवाद दिएका थिए ।


Tweet