Classified Ads
कोभिड-१९ अपडेट

लोक दोहोरी गीत ‘पापी दाई’ आयाे

Posted in जीवनशैली, मनोरन्जन, मल्टिमिडिया on May05,2020


डिएआर मुभिज एण्ड फिल्म्स् ई प्रालिले प्रभावन जेको पन्चे बाजामा आधारित लोक दोहोरी गीत ‘पापी दाई’ दर्शक र स्रोताहरुका लागि ल्याएको छ ।

निरन्तर रूपमा सांगीतिक क्षेत्रमा लागि परेका प्रभावन जेले समयानुसार सांगीतिक प्रस्तुतिहरु लेराउने क्रममा पछिल्ला समयमा सामाजिक चेतनामुलक गीत तथा भिडियोहरुमा जोड दिदै आएका छन् । प्रभावनले दिदीबहिनीलाई विवाहपञ्चात घरबाट बिदा गर्दै (अन्माएर) पठाउँदाको पारिवारिक अवस्थामा दाजु र बहिनीको आत्मीय भावनालाई समेटेर पापी दाई गीत ल्याएका हुन ।

चर्चित गायिका गीतादेवीको स्वरमा साथ रहेको छ भने धनपति दाहालले शब्द संकलन रहेको छ । लय संकलन भने प्रभावन स्वयंको रहेको र गीतको एरेन्ज भुवनप्रकाश बडूले गरेका प्रालिले जनाएको छ । गीतको भिडियोमा जीवन गौतम, पुजा पाठक र नारायण दंगालको अभिनय रहेको छ । क्यामेरामा जयन्द्र कुँवर र सम्पादन बिबेक सुनारले गरेका हुन् ।

लक डाउनकै बेलामा पापी दाई गीतलाई रिलिज गरेको कम्पनीले लक डाउन खुलेलगत्तै ‘सपनी–२’ र ‘माछी भुल्यो लेउमा बरीलै’ गीतको तयारीमा रहेको डिएआर मुभिज एण्ड फिल्म्स ई प्रालिका सञ्चालक राजाराम गौतमले बताएका छन् ।

गीत हेर्नका लागि: https://youtu.be/qPdMnTLpzwY


Tweet