Classified Ads
कोभिड-१९ अपडेट

आठौं पटक थपिएको लक डाउन जेठ ३२ गतेसम्म

Posted in राष्ट्रिय / सङ्घ, कोभिड-१९ अपडेट on May30,2020


नेपालमा जारी लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय सरकारले गरेको छ।

कोरोना स‌ंक्रमण ह्वात्तै बढेपछि मन्त्रिपरिषद्को शनिबारको बैठकले थप १२ दिन लकडाउन लम्ब्याउने निर्णय गरेको हो।

परिस्थिति हेरि कुनै क्षेत्रमा लकडाउन खुकुलो बनाउने वा कतै कडा पार्ने भन्ने बारे कोभिड उच्चस्तरीय समितिले निर्णय गर्ने भएको छ ।

त्यस्तै, असार १६ गतेसम्म सीमा नाका र अन्तराष्ट्रिय उडान बन्द राख्ने पनि निर्णय पनि सरकारले गरेको छ ।

नेपालमा लकडाउन:

  • पहिलो : २०७६ चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ बिहान ६ बजेसम्म।
  • दोस्रो : २०७६ चैत २५ मध्यरातसम्म।
  • तेस्रो : २०७७ वैशाख ३ मध्यरातसम्म।
  • चौथो : २०७७ वैशाख १५ मध्यरातसम्म।
  • पाँचौँ : २०७७ वैशाख २५ मध्यरातसम्म।
  • छैटौँ : २०७७ जेठ ५ मध्यरातसम्म।
  • सातौं : २०७७ जेठ २० मध्यरातसम्म।
  • आठौं : २०७७ जेठ ३२ मध्यरातसम्म।

Tweet