Classified Ads
कोभिड-१९ अपडेट

‘भाइरस तत्काल हराउनेवाला छैन, हामीले भाइरससँगै बाँच्न सिक्नुपर्छ’

Posted in अन्तर्राष्ट्रिय, कोभिड-१९ अपडेट on Jun02,2020


Source: अपर्ना अलुरी, बिबिसी

संक्रमणमा पनि किन खुल्दैछ भारत ?

कोभिड–१९ संक्रमित संख्या तीव्र रुपमा बढे पनि भारत सामान्य जीवनतर्फ उन्मुख हुँदैछ। भारतले मार्च २५ देखि जारी लकडाउन (बन्दाबन्दी) खोल्ने योजना शनिबार सार्वजनिक गरेको हो।

यो अपेक्षित थियो। किनभने बितेका १० दिनयता लकडाउन खुकुलो पारेपछि भारतीय सडक एवं आकाश व्यस्त भइसकेका थिए। कतिपय व्यवसाय र कारखाना खुलिसकेका छन्। निर्माण कार्य पूर्ववतः अवस्थातर्फ उन्मुख हुँदैछ। बजारमा भीड देखिन्छ भने पार्कमा मानिस जान थालिसकेका छन्। छिट्टै होटल, रेष्टुेरेन्ट, मल, मन्दिर, स्कुल र कलेज खुल्ने तयारीमा छन्। तर महामारीको फैलावटमा चाहिँ कमी आएको छैन, फैलिने क्रम तीव्र छ।

भारतमा लकडाउन घोषणा गर्दाताक पाँच सय १९ जना कोरोना भारइस संक्रमित थिए र १० जनाको मृत्यु भएको थियो। अहिले संक्रमित संख्या एक लाख ७३ हजार पुगिसकेको छ भने भन्डै पाँच हजारको मृत्यु भैसकेकोे छ। शनिबार मात्र ८ हजार नयाँ संक्रमित फेलापरेका थिए।

त्यसो भए भारतमा लकडाउन खोल्न किन हतार गरियो त ? विज्ञहरु भारतका लागि लकडाउन थेग्न नसकिने विषय बन्दै गएको बताउँछन्। ‘यो लकडाउन खुल्ने समय हो,’ संक्रामक रोगसम्बन्धी विषयका प्राध्यापक तथा अनुसन्धानकर्ता गौतम मेनन भन्छन्, ‘एउटा निश्चित अवधिपछि आर्थिक, सामाजिक तथा मनोवैज्ञानिक हिसाबले लकडाउन थेग्न सकिन्न।’

लकडाउनको पहिलो दिनदेखि नै भारतले ठूलो मूल्य चुकाउनुपरेको थियो। विशेषगरी दैनिक ज्यालादारीमा भर पर्ने करोडांै जनता यसको मारमा परेका थिए। लकडाउनले खाद्य आपूर्ति शृंखला, जीविकोपार्जन, बन्दव्यापार सबै ठप्प भए। बेरोजगारी बढ्यो, अर्थतन्त्रमा नकारात्मक असर देखियो। यसले गर्दा भारतीय अर्थतन्त्रको वृद्धिदर बितेका ३० वर्षयता सबैभन्दा कम हुने प्रक्षेपण गरिएको छ।

भारतीय केन्द्रीय बैंकका पूर्वगभर्नर तथा अर्थशास्त्री रघुराम राजन अप्रिलमै लकडाउन खुला गरिनुपर्ने बताउँछन्। त्यसपछिको लकडाउन विनासकारी भएकोे उनको विश्लेषण छ।

अन्तर्राष्ट्रिय परामर्शदात्री संस्था म्याकेन्सीले हालै सार्वजनिक गरेको एक प्रतिवेदनमा संक्रमण जोखिमसँगै भारतले अर्थतन्त्रलाई पनि व्यवस्थापन गर्नुपर्ने सुझाव दिइएको छ। ‘लकडाउनको सुरुको उद्देश्य संक्रमणको गति कमजोर बनाउने थियो। स्वास्थ्य सेवा प्रणालीलाई सशक्त पार्नु थियो। जसका कारण संक्रमण बढे पनि नियन्त्रण गर्न सकियोस्,’ जनस्वास्थ विज्ञ डा. एन देवदासन भन्छन्, ‘यो उद्देश्य पूरा भएको छ।’

पछिल्ला दुई महिनामा विद्यालय र रेलका डिब्बा समेत क्वारेन्टाइन केन्द्रमा परिणत भए। यस अवधिमा भारतले पर्याप्त व्यक्तिगत सुरक्षा सामग्रीे उत्पादन ग¥यो, अस्पतालहरूमा कोरोना उपचार वार्ड स्थापना ग¥यो र व्यापकस्तरमा परीक्षण दायरा बढायो। त्यसो त चुनौती र अभावको स्थिति पनि नभएको होइन तर भारत सरकारले तिनलाई राम्रोसँग सम्बोधन गरेको छ।

‘हामीले लकडाउन अवधिमा जनस्वास्थ्य सम्बन्धी आधारभूत तयारी पूरा गरेका छौं। अब अर्थतन्त्रलाई पुनरुत्थान गर्ने समय आएको छ,’ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले गत साता भनेका थिए।

केही सातासम्म भारतमा संक्रमित संख्या त्यति खास नबढेकोमा विज्ञहरु अचम्मित थिए। अत्यधिक जनघनत्व भएका बस्ती, कम लगानी गरिएका सार्वजनिक अस्पताल तथा अन्य रोग ग्रसित जनसंख्या अत्यधिक हुँदाहँुदै पनि कोरोना संक्रमित संख्या अकासिएको थिएन।

त्यसो त अन्तर्राष्ट्रिय समाचार माध्यममा भारतले गरेको लकडाउनको कमजोर व्यवस्थापनलाई प्रमुखता दिइएको थियो, दैनिक रुपमा बढ्दै गरेको संक्रमित संख्यामा खास ध्यान दिइएको थिएन। विशेषगरी अनौपचारिक क्षेत्रमा काम गर्ने कामदार एकाएक कामविहीन बनेका थिए। अन्योल बीच हजारांै प्रवासी कामदार आ–आफ्नो थातथलो फर्केका थिए।

भाइरसले खास नोक्सानी अझैसम्म नगरेको बरु त्योभन्दा बढी हानि लकडाउनले गरेका कारण भारत सरकारले लकडाउन खुकुलो पार्न गरेको निर्णय अपेक्षित ठानिएको छ। खासमा संक्रमित अस्पताल भर्ना गर्नुपर्ने खालका गम्भीर प्रकृतिका देखिएका छैनन्। यही कारण सरकारले लकडाउन खुकुलो पार्ने निर्णय गरेको हो। मुम्बईबाहेक अत्यत्र अस्पतालमा बेडको उपलब्धतामा कुनै कमी छैन।

जनस्वास्थ विज्ञ डा. देवदासनका अनुसार कोरोना संक्रमणको लक्षण नदेखिएका अथवा सामान्य लक्षण भएका संक्रमितको संख्या आगामी दिनमा बढनेछ। त्यसो त विश्वका अन्य देशका तुलनामा भारत भाइरस संक्रमणबाट त्यस्तो प्रभावित भएको छैन। भारतमा भाइरसका कारण हुने मृत्युदर मात्र ३ प्रतिशतको हाराहारीमा छ र यो संसारकै कम मृत्युदर हो।

तर, केही विज्ञ भारतसँग मृत्युको तथ्यांक लिने प्रभावकारी प्रणाली नभएको तर्क गर्छन्। भाइरोलोजिस्ट ज्याकोब जोन सरकारले कोभिड–१९ का कारण भएका मृत्यु पहिचान गर्न नसकेको बताउँछन्। ‘हामीले भाइरस संक्रमण दरभन्दा मृत्यु दर नियन्त्रण गर्न बढी ध्यान दिनुपर्छ,’ उनी भन्छन्।

अन्य विज्ञहरुले अनुमान गरेजस्तो लकडाउन खुकुलो पारेका कारण जुलाई र अगस्टमा संक्रमण गति तीव्र हुने ज्याकोबको तर्क छ। त्यसो हो भने महामारीको अर्काे शृंखला देखिएमा के भारतले अर्काे लकडाउन गर्ला ? विशेषज्ञहरु भारत अब स्थानीय स्तरको लकडाउनमा जानुपर्ने बताउँछन्। केन्द्रीय सरकारले पनि राज्य सरकारले यससम्बन्धी निर्णय लिनसक्ने जनाएको छ।

भारतमा कोरोनाबाट कुल संक्रमितकोे एकतिहाइ संख्या महाराष्ट्रमा मात्र छ। त्यसपछि तामिलनाडु, गुजरात र दिल्लीमा रहेका कुल संक्रमित जोडदा भारतको कुल संक्रमित संख्याको ६७ प्रतिशत पुग्छ। प्रवासी कामदार घर फर्केका कारण पछिल्ला दिनमा बिहारमा पनि संक्रमित संख्यामा तीव्रता आएको छ।

‘सुरुमा संक्रमित सहरमा भेटिएका थिए, अब उनीहरु ग्रामीण क्षेत्रमा पुगेका छन्,’ जनस्वास्थ्य विज्ञ डा. देवदासन भन्छन्, ‘हामीले सहरबाट गाउँमा भाइरस पु¥याउन सहजीकरण गरिरहेका छौं।’

भारत सरकारले लकडाउनका कारण तीन लाख जनसंख्या संक्रमण हुनबाट जोगिएको र ७१ हजार सम्भावित मृत्यु टरेको दाबी गरेको छ। तर आगामी दिनमा यो संक्रमण कसरी जाला भन्न सकिने स्थिति छैन। लकडाउन खुलाउने निर्णय गरेकै दिन ट्विट गर्दै दिल्लीका मुख्यमन्त्री केजरीवालले आमनागरिकको अनुशासन र जिम्मेवारीबोधले कोरोना नियन्त्रण हुन सक्ने बताएका थिए।

‘वास्तवमा कोरोना भाइरस संक्रमण नियन्त्रण कफ्र्यु र निरन्तर प्रहरी अनुगमनले गर्न सकिने विषय होइन,’ प्राध्यापक तथा अनुसन्धानकर्ता मेनन भन्छन्। उनी भारतमा सामाजिक दूरी कायम गर्न कठिन हुने बताउँछन्। ‘संयुक्त परिवार, सुकुमबासी बस्ती, व्यस्त बजार, मन्दिर तथा मस्जिदमा हुने भीड, विवाह तथा धार्मिक कार्यक्रममा हुने जमघट व्यवस्थापन चुनौतीपूर्ण हुनेछ,’ मेनन भन्छन्, ‘सबैभन्दा मुख्य सन्देश के हो भने भाइरस तत्काल हराउनेवाला छैन। हामीले भाइरससँगै बाँच्न सिक्नुपर्छ।’


Tweet