Classified Ads
कोभिड-१९ अपडेट

आफ्नै खर्चमा बस्नलाई धुलिखेलका होटेलहरुमा क्वारेन्टिन

Posted in स्थानीय, धुलिखेल, घुमफिर, कोभिड-१९ अपडेट on Jun09,2020


कोरोना भाइरसका कारण विदेशबाट उद्धार गरी ल्याइएका काभ्रेलीहरुलाई सहज व्यवस्थापन गर्नका लागि जिल्लास्तरिय कोभिड संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी)ले होटल तथा रिसोर्टहरुलाई समेत क्वारेन्टिन बनाउने निर्णय गरेको छ । सरकारी क्वारेन्टिनमा बस्न नचाहने काभ्रेलीहरुलाई लक्षित गर्दै यो व्यवस्था गरिएको हो ।

हाललाई धुलिखेल र बनेपाका दुई तारे, तीन तारे र चार तारेसम्मका १४ वटा लज, होटल तथा रिसोर्टहरुले सेवा उपलब्ध गराउने भएका छन् । यीनमा रहेका ६ सय २७ बेडको क्वारेन्टिनमा बस्नेहरुले आफ्नो खर्चमा बस्नु पर्ने निर्णय गरिएको छ ।

क्षेत्रिय होटल संघ धुलिखेलका अध्यक्ष प्रेमकण्ठ श्रेष्ठले पहिलो चरणमz धुलिखेलका १४ वटा लज, होटल तथा रिसोर्टहरुको सूची डिसिसिएमसीमा बुझाए पनि भविष्यमा २६ वटा थपिन सक्ने बताउनु भयो होटल क्वारेन्टिनहरुले प्रति व्यक्ति प्रति रातको बसाईका लागि(फुल बोर्ड)को ३ हजारदेखि ८ हजार रुपैंयासम्म ट्यारिफ रहने प्रस्ताव गरेको बुझिएको छ ।

काभ्रे जिल्लामा विभिन्न स्थानीय सरकारले बनाएको क्वारेन्टिनमा ६ सय ७४ बेड तयारी अवस्थामा रहेको र यी सरकारी क्वारेन्टिनमा भने निःशुल्क बस्ने व्यवस्था गरिएको छ । जिल्लामा हालसम्म १ सय २ जना भारतबाट र तीन जना युएईबाट आएर स्थानीय तहले निर्माण गरेको क्वारेन्टिनमा बसिरहेका छन् ।


Tweet