Classified Ads
कोभिड-१९ अपडेट

एसईई परीक्षा नहुने, सेन्ट अपकै मूल्याङ्कनलाई मान्यता

Posted in राष्ट्रिय / सङ्घ, कोभिड-१९ अपडेट on Jun10,2020


कोरोना स‌ंक्रमण फैलन सक्ने भन्दै सरकारले चैत ५ गते स्थगन गरेको २०७६ को एसईई परीक्षा अब नहुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले एसईई नगर्ने निर्णय गरेको हो ।

४ लाख ८२ हजार विद्यार्थी एसईई परीक्षाको तयारीमा थिए । लकडाउनका कारण परीक्षा अनिश्चित बन्दै जाँदा सरकारले बुधबार यस वर्ष परीक्षा सञ्चालन नगर्ने निर्णय गरेको हो ।

स्थानीय तहमा रहेको कक्षा ८ को परीक्षा सञ्चालन गर्ने संयन्त्रबाट विद्यालयले यसअघि नै गरेको मूल्याङ्कनलाई सिफारिस गर्ने, उक्त कामको अनुगमन प्रदेश सरकारले गर्ने र बोर्डले प्रमाणीकरण गर्ने प्रस्ताव शिक्षा मन्त्रालयको छ ।

यसबारेमा राष्ट्रिय परीक्षा बोर्डले मापदण्ड बनाएपछिमात्रै कार्यान्वयन हुने निर्णय भएको छ ।

आगामी वर्षदेखि एसईई के गर्ने भन्ने विषयलाई संघीय शिक्षा ऐनबाटै सम्बोधन गर्ने गरी मन्त्रालयले कार्य गरिरहेको छ ।

कक्षा ११ र १२ को परीक्षाको विषयमा भने मन्त्रिपरिषद् बैठकले कुनै निर्णय गरेको छैन ।


Tweet