Classified Ads
कोभिड-१९ अपडेट

अब अनिवार्य रुपमा प्रयोगकर्तालाई इन्टरनेट स्पीडको जानकारी दिनुपर्ने

Posted in राष्ट्रिय / सङ्घ, विज्ञान / प्रविधि on Jun17,2020


इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले आफ्ना ग्राहकलाई कुन समयमा कति इन्टरनेट ब्याण्डविथ प्राप्त भइरहेको छ भन्ने विषयमा जानकारी दिनुपर्ने भएको छ ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले बुधबार उपभोक्तालाई अनिवार्य रुपमा व्याण्डविथको विषयमा जानकारी उपलब्ध गराउन सेवाप्रदायकलाई निर्देशन जारी गरेको हो ।

पछिल्लो समय इन्टरनेट स्पीडको विषयमा प्रयोगकर्ताबाट धेरै गुनासो आउन थालेसँगै प्राधिकरणले यस्तो कदम उठाएको हो ।

‘सेवा प्रदायकले ग्राहकसँग गरेको सम्झौता अनुसार कुन कुन समयमा कति इन्टरनेट ब्याण्डविथ प्राप्त भइरहेको छ भन्ने विषयमा सेवाग्राहीले सजिलै बुझ्ने गरी तथा आफैले हेर्न सक्ने गरी आवश्यक व्यवस्था गर्नुपर्नेछ,’ नियामकले जारी गरेको निर्देशनमा भनिएको छ ।

यसकाे अर्थ अब प्रयोगकर्ताले तोकिए बमोजिम आफूलाई इन्टरनेट प्राप्त भइरहेको छ वा छैन भन्ने विषयमा थाहा पाउनेछन् ।


Tweet