Classified Ads
कोभिड-१९ अपडेट

पनौती लामाडोलस्थित उद्योगग्रामको आईईई हुँदै

Posted in स्थानीय, पनौती, अर्थ / बजार on Jun18,2020


पनौती नगरपालिकाले २०७४ सालको चैत्र अन्तिम साता वडा नं ३, ४ र ८ नम्बर वडामा पर्ने ३४ कित्ता जग्गामा औद्योगिक ग्राम बन्ने भएकाले रोक्का राख्ने निर्णय गर्यो ।

आफूले भोगचलन गर्दै आएको जग्गा जमीनमा घर सरचना निर्माणलगायत खरिद बिक्री(हक हस्तान्तरण) समेत रोक्का रहन पुग्यो । करीब २७ महिनासम्म जग्गा रोक्कामात्रै रह्यो, औद्योगिक ग्राम बन्ने कुनै सुरसार नदेखिँदा जग्गाधनीहरुमा एक प्रकारको आक्रोश र निरासा थियो ।

तर, अब जग्गाधनी र समग्र पनौतीवासी निरास हुनु नपर्ने अवस्था आएको छ । यसो हुनुमा पनौतीको लामाडोलक्षेत्रमा अब बाग्मती प्रदेश सरकारले उद्योग ग्राम बनाउने निश्चित गरेको छ ।

यसका लागि विद्यमान वातावरण ऐन र नियमअनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ग्राम बन्ने स्थानको प्रारम्भिक वातावरण्ीय परीक्षण(आईईई) अध्ययनका लागि परामर्शदाता नियुक्त गरेको छ ।

प्रस्ताव कार्यान्वयन गर्नु अघि उक्त प्रस्तावको आईईई अध्ययन गर्ने सिलसिलामा प्रस्ताव कार्यान्वयन गर्दा प्रभावित हुने क्षेत्रहरुको भौतिक, जैविक, रासायनिक, साँस्कृतिक र आर्थिक तथा सामाजिक प्रणाली, यिनका अवयवहरुको अन्तरक्रिया तथा अन्तरसम्बन्धमा के कस्तो प्रभाव पर्दछ भनि यकिन गर्न उक्त प्रस्ताव प्रभावित क्षेत्रमा पर्ने नगरपालिका, गाँउपालिका तथा त्यस क्षेत्रका विद्यालय अस्पताल स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्ति तथा संघसंस्थाको लिखित रायसुझाव लिनु पर्ने बाध्यकारी बनाएको छ ।

काभ्रेको पनौतीसहित प्रदेशका १० वटा जिल्लाका १० स्थानमा निर्माण हुने उद्योग ग्रामको आईईई अध्ययन लागि प्रदेश मन्त्रालयले १० वटा परामर्शदाता कम्पनीसमेत छनौट गरिसकेको छ ।

प्रदेश मन्त्रालयले असार ४ गते एक सूचनामार्फत उद्योग ग्राम बन्ने स्थानमा प्राकृतिक, भौतिक प्रणाली, जैविक प्रणाली, सामाजिक प्रणाली, सांस्कृतिक प्रणाली र आर्थिक प्रणालीवीच के कस्तो प्रभाव पर्छ भनेर सुझाव आह्वान गरेको छ ।

यस स्थान रहेको पनौती नगरपालिका तथा लामाडोल क्षेत्रका विद्यालय अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्ति तथा संघसंस्थाको लिखित रायसुझाव समेत माग गरिएको छ । यसको प्रमुख उद्देश्य भनेको उद्योग ग्राम बन्ने क्रममा सकारात्मक प्रभावहरुको बढोत्तरी तथा नकारात्मक प्रभावहरुको न्यूनिकरण गर्नु रहेको छ ।

पनौतीका लागि एक्सप्लोर जियोफिजिकल कन्सल्ट्यान्ट प्रालिलाई परामर्शदाता तोकिएको छ । सरोकारवाला संघसंस्था र व्यक्तिले आगामी असार १८ गतेसम्ममा परामर्शदाता या प्रदेश मन्त्रालयको इमेलमा राय सुझाव पठाउन सकिने पनि सूचनामा उल्लेख छ ।

प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले निकालेको सूचनाः


Tweet