Classified Ads
कोभिड-१९ अपडेट

कोरोना सर्ने जोखिम थाहा पाउने एप

Posted in राष्ट्रिय / सङ्घ, कोभिड-१९ अपडेट on Jun22,2020


Source: रासस

कोरोना संक्रमण (कोभिड-१९) को व्यक्तिगत तथा स्थानीय जोखिम मूल्यांकन गर्न सकिने विधि (कोभिरा) सार्वजनिक गरिएको छ। विभिन्न विषय विज्ञको सहभागितामा साइन्स हब नेपालले निर्माण गरेको यो विधि नेपाल इन्जिनियर्स एसोसिएसनले आइतबार एक कार्यक्रममार्फत सार्वजनिक गरेको हो।

सो विधि प्रयोग गर्न डब्लुडब्लुडट कोभिरा डट इन्फो वेबसाइटमा जानुपर्नेछ। वेबसाइटमा आफ्नो तथा परिवारको व्यक्तिगत मूल्यांकन गर्न सकिन्छ भने नेपालभित्रका जुनसुकै ठाउँको जोखिम पनि हेर्न सकिन्छ। एसोसिएनका महासचिव छवि पोखरेलले यस्तो अनुसन्धानमूलक विधिले नेपाल र नेपालीलाई यो महामारीको समयमा जोखिम व्यवस्थापनमा धेरै सहयोग पुग्ने बताए।

बेलायतको हडस्र्फिल्ड विश्वविद्यालयका प्राध्यापक पदम सिङ्खडाले यस किसिमको जोखिम मूल्यांकन विधिले सरकार, समुदाय तथा व्यक्ति स्वयंलाई धेरै उपयोगी हुने बताए। अनुसन्धानमा आधारित, वैज्ञानिक तथ्य, विधि र प्रमाणका आधारमा तथ्यांक विश्लेषण गरी क्षेत्रीय तथा स्थानीय अवस्थासमेतलाई समेटेर बहुआयामिक वैज्ञानिक तथा विशेषज्ञ मिलेर बनाइएको यो नै पहिलो ‘एप्लिकेसन’ भएको दाबी गरिएको छ।

अनुसन्धानमा आधारित, वैज्ञानिक तथ्य, विधि र प्रमाणका आधारमा तथ्यांक विश्लेषण गरी क्षेत्रीय तथा स्थानीय अवस्थासमेतलाई समेटेर बहुआयामिक वैज्ञानिक तथा विशेषज्ञ मिलेर बनाइएको यो नै पहिलो ‘एप्लिकेसन’ भएको दाबी गरिएको छ।

साइन्स हबका अनुसन्धानकर्ता तथा नेपाल खुला विश्वविद्यालयका डा। भोजराज घिमिरेले यसमा प्रयोग भएको प्रविधि, ‘डाटा’ को गोपनीयता तथा सुरक्षालगायत निकट भविष्यमा हुने परिमार्जनसम्बन्धी विषयमा जानकारी दिएका थिए। साइन्स हबले यसलाई थप व्यवस्थित गर्दै लैजाने, स्थानीय तहका विविध तथ्यांक समुदायस्तरबाटै समेत लिन सकिने तथा बहुभाषामा यो ‘एप्लिकेसन’ निर्माण गर्ने जनाइएको छ।

कोभिरा के हो र यसको प्रयोग कसरी गर्ने?

कोभिरा, हाल चलिरहेको कोरोना महामारीको जोखिम मूल्यांकन गर्ने विधि हो। यसमा कुनै पनि व्यक्तिले आफ्नाबारे सोधिएका केही प्रश्नको उत्तर दिएर आफ्नो व्यक्तिगत जोखिम मूल्यांकन गर्न सकिनेछ। यसका साथै आफू बसिरहेको क्षेत्रमा कोरोना सर्नसक्ने जोखिमको अवस्था के छ र आफूलाई सर्न सक्ने जोखिम कति छ भन्नेबारे पनि मूल्यांकन गर्नेछ। यससँगै नेपालका विभिन्न ठाउँमा विविध कारण हुनसक्ने जोखिम मूल्यांकन नक्सा पनि राखिएको छ ।

सामाजिक, आर्थिक, जनस्वास्थ्य, साथै कोरोना फैलनसक्ने जोखिमका हिसाबले कुन क्षेत्र धेरै जोखिममा छ भन्ने पनि देखाइएको छ । यसमा रहेको ‘टोटल रिस्क’ बटनमा ‘क्लिक’ गर्दा नेपालको क्षेत्रगत संयुक्त जोखिम देखाउने छ । कोभिड–१९ को दैनिक अपडेटपश्चात क्षेत्रगत जोखिम परिवर्तन हुनेछन् । यसबाट दैनिक रूपमा जोखिम नक्सा हेर्न सकिनेछ।

व्यक्तिगत जोखिम मूल्यांकन विधि चीन, इटाली, जर्मनी, स्पेन, बेलायत तथा अमेरिकाका मृत्यु भएका करिब ६० हजार व्यक्तिको तथ्याङ्कलाई केलाएर बनाइएको हो । व्यक्तिगत जोखिम व्यक्तिको उमेर तथा दीर्घ रोगमा आधारित छ भने सर्नसक्ने जोखिम, स्थानीयस्तरमा कोरोना सर्ने जोखिम तथा व्यक्तिको आफ्ना क्रियाकलापमा निर्भर गर्दछ । यसले जोखिमलाई पाँच तहमा देखाउँछ, अति न्यून, न्यून, मध्यम, उच्च र अति उच्च। बीचमा रहेको सुईले जुन भागमा देखाउँछ, त्यो नै जोखिमको स्तर हुनेछ। कुन अवस्थामा के गर्ने भन्ने सुझाव पनि यसले देखाउनेछ।

नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष त्रिरत्न बज्राचार्यले वेवनारमार्फत सो ‘एप्लिकेसन’ सार्वजनिक गरेका हुन् ।

वेबसाइटः https://covira.info/


कोभिरा (COVIRA) बारे

कोभिरा, हाल चलिरहेको कोभिड-१९ महामारीको जोखिम मुल्यांकन गर्ने बिधि हो। यसमा कुनै पनि ब्यक्तिले आफ्ना बारेमा सोधिएका केहि प्रश्नहरुको उत्तर दिएर आफ्नो ब्यक्तिगत जोखिम मुल्यांकन गर्न सक्नेछन। यसका साथै आफु बसिरहेको क्षेत्रमा कोरोना सर्न सक्ने जोखिमको अबस्था के छ र आफुलाई सर्न सक्ने जोखिम कति छ भन्ने बारे पनि मुल्यांकन गर्न सकिनेछ। यो बिधि (www.covira.info) वेबसाइटमा उपलब्ध छ, जहाँ ‘Assess your risk’ लेखिएको बटन क्लिक गरि आफ्नो तथा परिवारजनको जोखिम मुल्यांकन गर्न सकिन्छ। यससंगै नेपालका बिभिन्न ठाउँहरुमा बिबिध कारण हुनसक्ने जोखिम मुल्यांकन नक्साहरुपनि वेबसाईटमा राखिएको छ। सामाजिक आर्थीक, जनस्वास्थ्य, साथै कोरोना फैलनसक्ने जोखिमका हिसाबले कुन क्षेत्र धेरै जोखिममा छ भन्ने पनि देखाइएको छ। यसमा रहेको ‘Total Risk’ बटनमा क्लिक गर्दा नेपालको क्षेत्रगत संयुक्त जोखिम देखाउने छ। यसमा देखाइएका क्षेत्रगत जोखिमहरु संभव भएसम्म पालिका लेभलमा देखाईएका छन। कोभिड-१९ का केसहरुका बारेको दैनिक अपडेट पश्चात क्षेत्रगत जोखिमहरु परिवर्तन हुन्छन यसका लागी दैनिकरुपमा जोखिम नक्सा हेर्न सक्नुहुनेछ।

व्यक्तिगत जोखिम मुल्यांकन बिधि चिन, ईटाली, जर्मनी, स्पेन, बेलायत तथा अमेरिकामा मृत्यु भएका करिब ६०,००० ब्यक्तिहरुको तथ्यांकलाई केलाएर बनाईएको हो। यसैगरी कोरोना सर्नसक्ने तथा यसको असर धेरै पर्नसक्ने बिबिध पाटोहरुको अध्ययन गरेर जोखिम नक्सांकन गरिएको छ। ब्यक्तिगत जोखिम ब्यक्तिको उमेर तथा दिर्घ रोगहरुमा आधारित हुन्छ भने सर्नसक्ने जोखीम, स्थानियस्तरमा कोरोना सर्ने जोखिम तथा ब्यक्तिको आफ्ना कृयाकलापहरुमा भर पर्छ। कोरोना सर्नसक्ने जोखिम भने, देखिएका केसहरु, क्वारेन्टाईनमा रहेका ब्यक्तिहरु, जनस्वास्थ्यको अबस्था साथै सामाजिक आर्थिक अबस्थाका आधारमा मुल्यांकन गरिएको छ।

यसले जोखिमलाई ५ तहमा देखाउँछ, अति न्युन, न्युन, मध्यम, उच्च र अति उच्च। आफ्नो मुल्यांकन गर्न सोधिएका प्रश्नहरुको उत्तर दिईसकेपछि जोखिम मुल्यांकन गरि नतिजा देखाइनेछ। जसमा बिभिन्न मिटरहरु हुनेछन, यसको बिचमा रहेको सुईले जुन भागमा देखाउछ, त्यो नै जोखिमको स्तर हुनेछ। कुन अबस्थामा के गर्ने भन्ने बारेको सुझाबहरु नतिजा देखाइएकै ठाउँमा देखाउने ब्यबस्था गरिएको छ। कुनैपनि पालिकाको स्थानियस्तरमा कोरोना सर्नसक्ने जोखिम हेर्न वेबसाइटको सबैभन्दा माथी रहेको सर्चगर्ने ठाउँमा आफुले हेर्न चाहेको पालिकाको ठेगाना छनौट गरेर हेर्न सकिन्छ। ब्यक्तिगत जोखिम मुल्यांकन पश्चात ब्यक्तिहरुले आफु र आफ्नो परिवारको जोखिम अबस्था अनि स्थानिय स्तरमा रहेको जोखिम अबस्था हेरेर आफुले के कति जोखिम मोल्ने भन्ने बारेमा धारणा बनाउन सहयोग पुग्ने छ। स्थानिय जोखिमको स्तर दैनिक रुपमा अपडेट हुनेछ। स्थानिय निकायहरुले आफ्नो क्षेत्रमा यस महामारी नियन्त्रण गर्न के कस्ता कदम चाल्ने भन्नेबारे निर्णय गर्दा यसलाई आधार मान्न सक्नेछन।



Tweet