Classified Ads
कोभिड-१९ अपडेट

नेपालमा कोरोना संक्रमितको संख्या दश हजार नाघ्याे

Posted in राष्ट्रिय / सङ्घ, कोभिड-१९ अपडेट on Jun23,2020


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या दश हजार ९९ पुगेको छ। तीमध्ये ९८४ जना महिला र ९ हजार ११५ जना पुरुष छन्।

यस्तै २ हजार २ सय २४ जना कोरोना संक्रमण मुक्त भएका छन्। तीमध्ये १८९ जना महिला र २ हजार ३५ जना पुरुष छन्।

थप १ पुरुषको कोरोना स‌‌ंक्रमणबाट मृत्यु भएपछि कूल मृतक संख्या २४ पुगेको छ । तीमध्ये ३ जना महिला, १९ जना पुरुष, १ बालिका र एक जना बालक रहेका छन्।


Tweet