Classified Ads
कोभिड-१९ अपडेट

कोरोना संक्रमण देशभरि फैलियाे

Posted in राष्ट्रिय / सङ्घ, कोभिड-१९ अपडेट on Jun27,2020


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ ।

नेपालमा कोरोनाको पहिलो संक्रमण २०७६ माघ ९ मा देखिएको थियो । त्यतिखेर चीनबाट फर्किएका जनकपुरका युवामा कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये १ हजार ३ सय ६९ महिला र १० हजार ९ सय ४० पुरुष रहेका छन्।


संक्रमित १२ हजार ३०९, निधन २८, संक्रमणमुक्त २८३४, पाँच महिनामा ७७ जिल्लामै संक्रमण फैलियाे


२ हजार ८ सय ३४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्।

कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २८ पुगेको छ।


Tweet