Classified Ads
कोभिड-१९ अपडेट

छैठौं कोरोना संक्रमित युवा बेथानचाेकका

Posted in स्थानीय, बेथानचोक, कोभिड-१९ अपडेट on Jun28,2020


बेथान्चोक गाउँपालिका वडा नं ४ का २३ वर्षिय युवामा नोबल कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्रकुमार झाले दिनु भएको जानकारी अनुसार ती युवा भारतबाट नेपाल फर्किएका हुन् ।

यस अघि जेठ २३ गते पाँचखाल र पनौतीमा एक एक जना र रोशी गाउँपालिकमा ३ गरी ५ जनामा पहिलो पटक कोरोना संक्रमण प्रमाणित भएको थियो । हाल संक्रमित युवा जिल्लामै छैंठौं संक्रमित हुन् ।

बेथानचोक गाउँपालिका वडा नं ४ का वडाध्यक्ष लालबहादुर श्रेष्ठले दिनु भएको जानकारी अनुसार हाल संक्रमित युवा र अरु २ जना गरी एउटै वडाका वासिन्दा भारतको नयाँ दिल्लीबाट असार २ गते नेपाल फर्किएका र गाउँपालिकाले किर्तिपुरस्थित होल्डिङ सेन्टरबाट भोलिपल्ट गाउँकै क्वारेन्टिनमा ल्याइएको हो ।

असार १० गते ती युवाको थ्रोट स्वाबको आरटी–पिसिआर परीक्षणका लागि धुलिखेलस्थित केयुको माइक्रोबायोलोजी ल्याबमा पठाइएकोमा आइतबार पोजिटिभ नतिजा देखिएको हो ।

संक्रमित युवालाई उपचारकालागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाईएको डा. झाले जानकारी दिनु भयो । यस अघि जिल्लामा संक्रमित भएका पाँच जना उपचार पश्चात निको भएर घर फर्किसकेका छन् ।


Tweet