Classified Ads
कोभिड-१९ अपडेट

घरबेटीलाई मेरोमाइक्रोफाइनान्सकाे सम्मान

Posted in पनौती, अर्थ / बजार, कोभिड-१९ अपडेट on Jul14,2020


नेपाल सरकारले कोभिड–१९ संक्रमण रोकथामका लागि जारी गरेको लकडाउन अवधिमा मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय पनौतीका घरधनीले संस्थालाई एक महिनाको घरभाडा छुट दिएका कारण घरधनीलाई सम्मान गरेको छ ।

पनौती नगरपालिका–६, काभ्रेका लोक दर्शन कर्माचार्य र कृष्णकुमार कर्माचार्यको संयुक्त स्वामित्वमा रहेको घरमा संस्थाले २०७५ सालदेखि शाखा कार्यालय राखी दैनिक कारोबार सञ्चालन गर्दै आइरहेको छ ।

कोरोना महामारीले निम्त्याएको अप्ठ्यारोका बेला घरबेटीकै स्वेच्छाले भाडा छुट दिएकाले सम्मान गरिएको र घरभाडा छुट रकम स्थानीय स्तरकै कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषको लागि सहयोग गर्ने पनौती शाखाका प्रमुख जानकी श्रेष्ठले बताउनुभयो ।

नेपाल सरकारले आग्रह गरेको घरभाडा छुटलाई कार्यान्वयन गरिएको संस्थालाई राहत होस् भनेर सहुलियत दिएको कर्माचार्य द्वयले बताए ।

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संघीय सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २५ लाख ६० हजार सहयोग गरिसकेको छ ।

सरकारको आदेश तथा नियम पालना गरी शाखा कार्यालयहरु मार्फत सेवा प्रवाह गरिरहेको छ । साथै बिभिन्न स्थानीय तहहरुको समन्वय तथा सहकार्यमा खाद्यान्न तथा आर्थिक सहयोग पनि गरिरहेको छ ।

त्यस्तै, काभ्रेपलाञ्चोकको मदनदेउपुर नगरपालिकामा रहेको राधाकृष्ण घनश्याम विद्यालयमा अध्ययनरत ६६ जना विद्यार्थीहरुका अभिभावकहरुलाई ५० हजार बराबरको खाद्यान्न सहयोग गरिसकेको संस्थाले जनाएको छ ।

मेरोमाइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ५९ जिल्लामा १२० शाखा कार्यालय र मनमैजु अनुगमन कार्यालय काठमाण्डौं अन्र्तगत काभ्रेमा ३ शाखा सहित ८ जिल्लामा १२ शाखा कार्यालयमार्फत लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।


Tweet