Classified Ads
कोभिड-१९ अपडेट

११ जिल्लामा निःशुल्क इन्टरनेटको अवधि सकियो, अब स्थानीय तहले नै तिर्नु पर्ने

Posted in राष्ट्रिय / सङ्घ, विज्ञान / प्रविधि, कोभिड-१९ अपडेट on Oct13,2020


Source: image by dribble.com

काभ्रेसहितका ११ जिल्लामा नेपाल दूरसञ्चार प्राधिकरणले उपलब्ध गराउँदै आएको निःशुल्क इन्टरनेटको अवधि सकिएको छ ।

अब प्राधिकरणले स्वीकृत गरेको शुल्क बुझाएमामात्रै स्थानीय तहहरूकासाथै वडा कार्यालय, सामुदायिक स्वास्थ्य संस्थाहरू तथा सामुदायिक माध्यमिक विद्यालयहरूले इन्टरनेट सेवा पाउने भएकाछन् ।

यी तह र निकायहरूलाई दुई वर्षसम्म निःशुल्क ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको प्राधिकरणले मङ्गलबार सूचनामार्फत शुल्क लाग्ने जानकारी दिएको हो ।

प्राधिकरणले भुकम्प प्रभावित ११ जिल्ला (काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, गोरखा र मकवानपुर)का इन्टरनेट सेवा नपुगेका स्थानीय तह र निकायहरूमा इन्टरनेट पुर्याउने योजनाका साथ उक्त परियोजना सुरू गरिएको थियो ।

जसअन्तर्गत पहिलो पटक २१ वैशाख २०७४ मा नेपाल दूरसञ्चार प्राधिकरण र टेलिकमबीच नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका ७ सय ६० स्थानमा निःशुल्क रूपमा दुई वर्षसम्मका लागि ब्रोडब्यान्ड इन्टरनेट जडान तथा मर्मत सम्भार सेवा दिनुपर्ने थियो ।

त्यसैगरी बाँकी जिल्लामा वल्र्डलिङ्क, मर्कन्टायललगायतका अन्य इन्टरनेट सेवा प्रदायक (आइएसपी)ले सेवा विस्तारको लागि जिम्मा पाएका थिए ।

जसअनुसार आइएसपीहरूले तोकिएको जिल्लाका नगरपालिका र गाँउपालिका र वडा कार्यालय, सामुदायिक स्वास्थ्य संस्थाहरू तथा सामुदायिक माध्यमिक विद्यालयहरूमा दुई वर्षसम्म निःशुल्क ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध हुँदै आएको थियो ।

उक्त अवधि गएको चैतमै सकिएको भए पनि कोरोना महामारीको बिचमा उक्त सेवा निरन्तर दिनुपर्ने भन्दै प्राधिकरणले सेवा प्रदायकलाई थप केही समय निःशुल्क रूपमा इन्टरनेट सेवा उपलब्ध गराउन निर्देशन दिएको थियो ।


Tweet