Classified Ads
कोभिड-१९ अपडेट

बागमती प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्षमा काभ्रेका सापकोटा

Posted in काभ्रेपलान्चोक, प्रदेश, बागमती, खेती / किसानी on Oct13,2020


बागमती प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्षमा काभ्रेपलाञ्चोक, धुलिखेल नगरपालिका–२, रबीगाउँका पुराना दुग्ध अभियन्ता टीकाबल्दभ सापकोटा नियुक्त हुनु भएको छ ।

प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले भदौ २ गते सो पदपूर्तिका लागि खुल्ला प्रतिस्पर्धाका लागि निवेदन आह्वान गरेको थियो ।

सापकोटाले पेश गर्नु भएको व्यावसायिक कार्ययोजनाअन्तर्गत अवधारणागत स्पष्टता, दुग्ध विकाससँग सम्बन्धित सूचना तथा विश्लेषण र समस्याको पहिचान र सोको सुधारसहितको कार्ययोजना र सम्बन्धित क्षेत्रमा अनुभवसहित र काम गरेको आधारमा उपाध्यक्ष नियुक्त गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आगामी ४ वर्षका लागि सापकोटालाई उपाध्यक्षमा नियुक्त गरेको जानकारी दिनुभएको हो ।

खुल्ला प्रतिस्पर्धामा आवेदन गर्नलाई १० हजार रुपैंया दरखास्त दस्तुर तोकिएको थियो । सापकोटालाई प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७५ तथा नियमावली, २०७६ बमोजिम प्रदेश सरकारले बोर्डको उपाध्यक्षमा नियुक्त गरेको हो ।

हाल केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको सचिव पदमा कार्यरत रहनु भएका सापकोटा दुग्ध विकास क्षेत्रमा खुल्ला प्रतिस्पर्धामार्फत उच्च सरकारी नियुक्ती पाउने पहिलो काभ्रेली हुनु भएको छ ।

विगतमा दुग्ध विकास संस्थानमा कार्यरत रहनु भएका सापकोटाले रबिओपीमा नेपालकै नमूना सेतीदेवी दुग्ध उत्पादक सहकारी संस्था स्थापना गर्नु भएको थियो ।

हेर्नुस प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकाे सूचनाः


Tweet