Classified Ads
कोभिड-१९ अपडेट

सितेरियो कराँते संघ काभ्रे शाखामा अध्यक्ष प्रताप वैद्यसहित नयाँ समिति

Posted in स्थानीय, काभ्रेपलान्चोक, खेल on Oct11,2020


नेपाल सितेरियो कराँते संघ काभ्रे शाखाको तेस्रो अधिवेशनबाट प्रताप वैद्य अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनु भएको छ । शनिबार बनेपामा सम्पन्न अधिवेशन र निर्वाचनले वैद्य सहित ३३ जनाको कार्य समिति चयन गरेको हो ।

कार्यसमितिका उपाध्यक्षहरुमा नवराज मानन्धर, कुबेर मानन्धर, प्रकाश श्रेष्ठ, राजेशकुमार श्रेष्ठ, दिनेश श्रेष्ठ, विजेन्द्र प्रधान चयन हुनु भएको छ ।

यसैगरी, महासचिवमा श्यामसुन्दर कुँवर, सचिवमा गौतम मानन्धर, सह–सचिवमा कबिरकुमार रञ्जितकार, कोषाध्यक्षमा सञ्जयसुन्दर संैजु, सह–कोषाध्यक्ष्मा रामसुन्दर कुँवर निर्वाचित हुनु भएको छ ।

यस्तै सदस्यहरुमा दिपक पण्डित क्षेत्री, गणेश दनुवार, रामेश्वरी मानन्धर, सूर्यलाल श्रेष्ठ, बलराम मानन्धर, सुरज केसी, राजेन्द्र आचार्य, विजय श्रेष्ठ, श्याम मानन्धर, श्याम श्रेष्ठ (बुडोल), रणबहादुर तामाङ, राजन मानन्धर, देव लामा, सञ्जय लामा, तेजनारायण पसछेँ, सुजन सुवाल, किशोर नापित, सुरेन्द्र अमात्य, श्याम श्रेष्ठ (पनौती) निर्वाचित हुनु भएको छ ।

अधिवेशनकै अवसरमा संस्थापक प्रशिक्षक राजेन्द्र कपाली, निवर्तमान अध्यक्ष विजयसुन्दर सैंजु, निवर्तमान केन्द्रीय सदस्य प्रताप बैद्य, राखेप प्रशिक्षक ओम प्रकाश नकर्मी, शाखा संस्थापक अरुणकाजी बैद्य, काभ्रे कराँते एकेडेमीका संस्थापक अध्यक्ष सुरेश कारञ्जित, काभ्रे कराँतेका अध्यक्ष कुबेर मानन्धर, संस्थापक सौरभराज कायस्थलगायतलाई सम्मान गरिएको थियो ।

बागमती प्रदेशसभा सदस्य बसुन्धरा हुमागाईको प्रमुख आतिथ्यतामा समपन्न अधिवेशनमा तथा विशिष्ट अतिथिहरु नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरकृष्ण बैद्य, नेपाल कराते महासंघ तथा नेपाल सितेरियो कराते संघका केन्द्रीय अध्यक्ष दावा गुरुङ हुनुहुन्थ्यो ।

यसैगरी अन्य अतिथिहरुमा काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमल्सिना, जिल्ला खेलकुद विकास समिति काभ्रेका अध्यक्ष मानवीर वाइवा र संघका निवर्तमान अध्यक्ष विजय सुन्दर सैंजु लगायतको आतिथ्यतामा सम्पन्न भएको थियो ।


Tweet