Classified Ads
कोभिड-१९ अपडेट

बनेपा नगरपालिकालाई प्रभु बैंकले भिटिएम सहयोग गर्यो

Posted in स्थानीय, बनेपा, अर्थ / बजार on Oct14,2020


प्रभु बैंक लिमिटेडको बनेपा शाखाले बनेपा नगरपालिकालाई कोभिड–१९ संक्रमण नियन्त्रण र व्यवस्थापनका लागि २०० थान भिटिएम(भाइरल ट्रान्स्पोर्ट मिडिया) प्रदान गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत नगरपालिकालाई कोभिड–१९ संक्रमण नियन्त्रण र व्यवस्थापनका लागि अत्यावश्यक भिटिएम उपलब्ध गराएको हो ।

प्रभु बैंक बनेपाका तर्फबाट शाखाका प्रमुख किशोरकुमार घिमिरे सहित ऋण अधिकृत रूपेन्द्र कायस्थले बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह बादे श्रेष्ठ तथा उप-प्रमुख रेखा सापकोटालाई यी सामग्री हस्तान्तरण गर्नु भयो ।


Tweet