Classified Ads
कोभिड-१९ अपडेट

कर्मा ग्रुप अफ कम्पनीजको धुलिखेल अस्पताललाई सहयोग

Posted in स्थानीय, धुलिखेल, खेती / किसानी, कोभिड-१९ अपडेट on Oct16,2020


Source: फोटो-दिपन पोखरेल

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिएको अवस्थामा सुरुदेखि नै विभिन्न सहयोगहरुमार्फत सामाजिक उत्तरदायित्व बहन गर्दै आएको कर्मा ग्रुप अफ कम्पनीजले शुक्रबार धुलिखेल अस्पताललाई १० थान कर्मा इलेक्ट्रिक स्प्रेयरहरु सहयोग गरेको छ ।

ग्रुपका संस्थापक सुरेश गुरुङले काठमाडौं विश्वविद्यालय (केयु), स्कूल अफ मेडिकल साइन्सेजका डीन प्राडा राजेन्द्र कोजूलाई ती स्प्रेयरहरु हस्तान्तरण गर्नु भएको हो ।

धुलिखेल अस्पतालको संक्रमण नियन्त्रण टीमले ती स्प्रेयरहरु कोभिड–१९ वार्ड र इमर्जेन्सीलगायतका क्षेत्रहरुमा निसंक्रमण कार्यमा उपयोग गर्ने कोजूले जानकारी दिनु भयो ।

सो अवसरमा डीन कोजूले काठमाडौं विश्वविद्यालयले सुरु गर्न लागेको बिएस्सी एग्रीकल्चरको पढाईका क्रममा कर्मा ग्रुपसँग सहकार्य गर्न सकिने बताउनु भएको थियो ।

ग्रुपका संस्थापक गुरुङले चीनको सिचुआन यूनिभर्सिटीसँग कर्मा ग्रुपले समझदारी गरेकाे दृष्टान्त दिनुहुँदै भन्नुभयो, ‘त्यहाँ ग्रेजुएट गरिरहेका नेपाली विद्यार्थीहरुलाई कर्मा ग्रुपको नेपालस्थित रिसर्च एण्ड डेभेलपेन्ट युनिटमा इन्टर्नसीपको अवसर प्रदान गरेझैं केयुसँग पनि त्यही मोडलमा सहकार्य हुन सक्छ’ उहाँले थप्नु भयो ।


Tweet