Classified Ads
कोभिड-१९ अपडेट

काभ्रे जिल्लामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने

Posted in स्थानीय, काभ्रेपलान्चोक, कोभिड-१९ अपडेट on Oct17,2020


काभ्रे जिल्लामा कोभिड–१९ संक्रमितको संख्या ५०० नाघेको हुँदा काभ्रे जिल्लास्तरिय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसिसिएमसी)ले २०७७ कात्तिक २ गते आइतबारदेखि अत्यावश्यकबाहेकका सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको छ ।

डिसिसिएमसीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवराम पोखरलेको अध्यक्षतामा कात्तिक १ गते बसेको बैठकले सो निर्णय गरेको हो ।

यसैगरी, नवरात्रभर बढी भीडभाड हुने जिल्लका सबै शक्तिपीठ, मन्दिरहरुमा नित्य पूजाबाहेकका दर्शनका लागि सर्वसाधारणहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

सोही बैठकले सबै स्थानीय तहहरुलाई सडक पेटी तथा अन्य स्थानहरुमा अव्यवस्थित तवरबाट सञ्चालनमा रहेका पसल, व्यापार, व्यवसाय गर्न निषेध गरेको छ र स्थानीय प्रशासनको सहयोगमा त्यस्ता पसल, व्यापार, व्यवसाय गर्नेहरुलाई हटाउन अनुरोध गरेको छ ।

बैठकले काभ्रे जिल्लामा समेत कोभिड–१९ संक्रमणबाट मृत्युदर बढेको र पशुपतिस्थित विद्युतीय शवदाह गृहमा शव व्यवस्थापनको चाप बढेकाले शव व्यवस्थानिको वैकल्पिक व्यवस्थाका लागि १३ वटै तहहरुले आफ्नो तहभित्र कोभिड संक्रमित शव व्यवस्थापनको उपयुक्त सथान पहिचान गरी ७ दिनभित्र डिसिसिएमसीलाई जानकारी गराउन अनुरोध गरेको छ ।

अत्यावश्यक सेवामा के के छ?


Tweet