Classified Ads
कोभिड-१९ अपडेट

डब्लुएचओ प्रमुख क्वारेन्टिनमा !

Posted in अन्तर्राष्ट्रिय, कोभिड-१९ अपडेट on Nov02,2020


विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रबन्ध निर्देशक टेड्रोज एडनम ग्याब्रियाजेज कोरोना संक्रमितको सम्पर्कमा आएपछि क्वारेन्टिनमा बस्नु भएको छ ।

उहाँले ट्वीटर मार्फत आफूलाई केही पनि लक्षण नदेखिएको पनि जानकारी गराउनु भएको छ।

५५ वर्षका इथियोपिएन पूर्व विदेशमन्त्री टेड्रोज कोरोना भाइरस महामारीको विरुद्धमा यूएनको स्वास्थ एजेन्सीको ‘फ्रन्ट लाइन’ मा बसेर काम गरिसक्नु भएको छ ।

गत वर्ष चीनमा देखा परेको यो भाइरसले विश्वमा अहिलेसममा १२ लाखभन्दा धेरै मानिसको ज्यान गइसकेको छ भने साढे ४ करोड मानिस संक्रमित भइसकेका छन्।

टेड्रोजले ट्वीटरमा भन्नु भएको छ, ‘स्वास्थ्य मार्गदर्शन अपनाउनु अति आवश्यक छ।’

‘हामीले कोभिड १९ सर्ने बाटो कसरी तोड्छौ, भाइरसलाई दबाउँछौँ र स्वास्थ्य प्रणालीलाई कसरी सुरक्षिता राख्छौँ भन्ने कुरा हामीमा भर पर्छ’, उहाँले भन्नु भएको छ ।


Tweet