Classified Ads
कोभिड-१९ अपडेट

बागमती प्रदेश बचत संघको प्रारम्भिक सभा सम्पन्न

Posted in अर्थ / बजार on Nov07,2020


Source: नेफ्स्कून

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको प्रारम्भिक साधारण सभाबाट अध्यक्ष पदमा उद्धव सापकोटा निर्वाचन हुनुभएको छ ।

शनिबार बनेपामा सम्पन्न प्रारम्भिक साधारणसभाले अध्यक्षमा सापकोटालाई सर्वसम्मत चुनेको हो । उहाँ तदर्थ समितिको पनि अध्यक्ष हुनुहुन्थ्यो ।

प्रारम्भिक साधारणसभाबाट सचिव बाहेक १७ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा समिति सदस्यहरु निर्विरोध निर्वाचित हुनुभएको छ । साधारणसभामा सचिव पदका लागि मात्र निर्वाचन भएको थियो ।

सञ्चालक समितिको वरिष्ठ उपाध्यक्षमा प्रकाश श्रेष्ठ, महिला उपाध्यक्षमा राधा सिंतान, महासचिवमा जिवसराज खड्का, सचिवमा गोविन्द प्रसाद काफ्ले, कोषाध्यक्षमा टापबहादुर श्रेष्ठ रहनु भएको छ ।

सचिवमा गोविन्द काफ्ले र कमलराज अधिकारी बीच प्रतिस्पर्धा भएको थियो । अधिकारीले १२ मत र काफ्लेले ६३ मत प्राप्त गर्नुभएको थियो ।

यसैगरी, नवर्निवार्चित समितिको सदस्यहरूमा ईन्द्र घिमिरे, प्रकाश बञ्जारा, तेजन्द्रबहादुर खड्का, राधा कडरिया, कृष्ण गोविन्द लाखाजु, प्रदिप थापा, ठाकुरप्रसाद बाँस्कोटा, कृष्णहरि कोईराला, चक्रबहादुर बस्नेत, जगन्नाथ दाहाल, ओमप्रसाद आचार्य चयन हुनुभएको छ ।

त्यस्तै लेखा समितिको संयोजकमा केशवप्रसाद दंगाल र सदस्यहरूमा रमिला श्रेष्ठ र रमेश श्रेष्ठ चयन हुनुभएको छ ।

यसैबीच, निर्वाचित सञ्चालक समितिलाई नेफ्स्कूनका अध्यक्षले हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभएको छ ।

अध्यक्ष पौड्यालले प्रदेश बचत संघसँगको सुमधुर सम्बन्ध थप प्रगाढ बन्दै जाने विश्वास समेत व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशब प्रसाद बडाल, वर्तमान अध्यक्ष मिनराज कडेल, नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, महासचिव दामोदर अधिकारी, कोषाध्यक्ष दिपक पनेरु लगायतको सहभागिता थियो ।


Tweet