Classified Ads
कोभिड-१९ अपडेट

कोरोनाका कारण रोकिएकाे खेलकुद गतिविधि सञ्चालन गर्न पाइने

Posted in राष्ट्रिय / सङ्घ, खेल, कोभिड-१९ अपडेट on Nov12,2020


गत चैतदेखि समूहमा खेलिने खेलकुद गतिविधि सञ्चालनमा रोक लगाएको सरकारले अब खेल गतिविधि सञ्चालन गर्न दिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले फुटबल, क्रिकेट, बास्केट बल लगायतका खेल गतिविधि गर्न खुल्ला गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिनु भएको हो ।

मन्त्री गुरुङका अनुसार स्वास्थ्य तथा सुरक्षा लगायतका मापदण्ड पालना गरेर निम्न खेल गतिविधि गर्न अनुमति दिइएको छ :

  • ओलम्पिक खेलकुदमा सहभागिताका लागि छनौट हुने खेलका प्रशिक्षण सुचारु गर्न
  • फुटबल–क्रिकेट लगायतका खेलहरू अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाउन
  • मैत्रीपूर्ण खेलहरू आयोजना गर्न
  • स्थगित रहेका फुटबलका डिभिजन खेलहरू सञ्चालनको तयारी गर्न
  • विभिन्न खेल संस्थाहरूमार्फत आयोजना हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा सहभागिताका लागि प्रशिक्षण लगायत तयारी गर्न
  • खेल संघहरूको गतिविधि सञ्चालन गर्न/गराउन ।

हेर्नुस मन्त्री परिषदको निर्णयः


Tweet