Classified Ads
कोभिड-१९ अपडेट

रासायनिक मल कारखानाकाे स‌ंभाव्यता अध्ययनका लागि ३ मन्त्रीकाे समिति

Posted in राष्ट्रिय / सङ्घ, खेती / किसानी on Nov12,2020


किसानलाई खुशीको खबर ।

सरकारले नेपालमा रासायनिक मल कारखाना स्थापनाको स‌ंभाव्यता अध्ययन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

समितिमा अर्थमन्त्री विष्णु पौडेल संयोजक र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट तथा कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुषाल सदस्य रहनुभएको छ ।

समितिले सम्भाव्यता अध्ययन , कस्तो मोडलमा लगानी गर्ने र कस्तो संरचना गर्ने भन्ने अध्ययन गर्ने छ ।सो कुराको जानकारी मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दिनुभएको हो ।

किसानले खेतीको समयमा रासायनिक मलखाद पाउन नसकेको बेला हिउँदे बालीका लागि 'जिटुजी' माध्यमबाट छिटोभन्दा छिटो मल ल्याउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सरकारले निर्देश दिएको मन्त्री गुरुङले जानकारी दिनुभयो ।

अब रासायनिक मल ल्याउनेबारे मन्त्रालयले सबै प्रक्रिया अब अगाडि बढाउने छ ।

हेर्नुस मन्त्री परिषदको निर्णयः


Tweet