Classified Ads
कोभिड-१९ अपडेट

अल्ट्रानेटको सेवा केन्द्र भकुण्डे र जगातीमा

Posted in काभ्रेपलान्चोक, अर्थ / बजार, विज्ञान / प्रविधि on Nov15,2020


काभ्रेपलाञ्चोक जिल्लाकै पहिलो इन्टरनेट सेवा प्रदायक(आइएसपी) अल्ट्रानेट कम्युनिकेसन प्रालिले नमोबुद्ध नगरपालिकाको भकुण्डे बजार र भक्तपुरको जगातीमा सेवा केन्द्र सुरु गरेको छ ।

दुबै केन्द्रहरुबाट नयाँ ग्राहक सेवा, महसूल संकलन र स्थानीयस्तरमै मर्मत सम्भार सेवा प्रदान गर्न सहज हुने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

२०७३ सालबाट बनेपामा मुख्य कार्यालयसहित सेवा सुरु गरेको अल्ट्रानेटले काभ्रे जिल्लामा बनेपा, धुलिखेल, पनौती, खोपासी, बल्थली, कुशादेबी, कुन्तावेंशीक्षेत्रमा फाइबर अप्टिकलबाट र तेमाल र महाभारतक्षेत्रमा वायरलेसबाट इन्टरनेट सेवा प्रदान गर्दै आएको छ ।

यस्तै, रामेछापको मन्थली र सिन्धुपाल्चोकको चौतारामा समेत यो कम्पनीले इन्टरनेट सेवा दिँदै आइरहेको छ ।

कम्पनीले ३ थरिका स्कीममा घरायसी प्रयोजनका लागि फाइबर अप्टिकल इन्टरनेट प्याकेजको बिक्री गरिरहेको पनि जनाएको छ । जसमा

  • ३० एमबिपिएस अल्ट्रा–सिल्भर १ टिभी हेर्न मिल्ने, वार्षिक १५ हजार ८ सय रुपैंया
  • ४० एमबिपिएस अल्ट्रा गोल्ड २ टिभी हेर्न मिल्ने, वार्षिक १८ हजार ५ सय रुपैंया
  • ६० एमबिपिएस अल्ट्रा प्लाटिनम ३ टिभी हेर्न मिल्ने, वार्षिक २३ हजार रुपैंया

कम्पनीले बिहान साढे ९ देखि साँझ साढे ५ बजेसम्म फिल्डमा सपोर्ट र फोनमार्फत २४ सै घण्टा सपोर्ट दिँदै आएको पनि जनाएको छ ।


Tweet