Classified Ads
कोभिड-१९ अपडेट

काभ्रेमा सक्रिय कोरोना संक्रमितहरुको संख्या घट्दो

Posted in स्थानीय, काभ्रेपलान्चोक, कोभिड-१९ अपडेट on Nov20,2020


स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले शुक्रबार प्रेषित गर्नु भएको कोरोना संक्रमणको अध्यावधिक विवरणले जिल्लामा सक्रिय कोरोना संक्रमितहरुको संख्या घट्दो क्रममा रहेका देखिएको छ ।

यतिखेर ४३५ जना कोरोना सक्रिय संक्रमित रहेका छन् ।

शुक्रबारमात्रै ६४ जनाले कोरोना संक्रमणलाई जितेका छन् ।

यस्तै, ३६ जनामा कोरोना संक्रमित थपिएका छन् ।

जिल्लामा हालसम्म २,३३३ जनामा कोरोना संक्रमण देखिएको छ ।

ती मध्ये १,८६५ ले कोरोना संक्रमणलाई जितेका छन् ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ४७ रहेको छ । जसमा काभ्रे जिल्लाका ३३ जना(१० महिला र २३ पुरुष) रहेका छन् भने १४ जना (३ महिला र ११ पुरुष) अन्य जिल्लाका रहेका छन् ।

हेर्नुहोस मंसिर ५ गतेको स्वास्थ्य कार्यालयको विवरणः


Tweet