स्थानीय बनेपा Jan 09, 2021
लायन्स क्लब अफ काठमाडौं टेम्पल चण्डेश्वरीले प्रवद्र्धन गरेको लियो क्लब अफ काठमाडौं टेम्पल चण्डेश्वरीको ‘चार्टर ह्याण्डओभर’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको लायन्स डिष्ट्रिक्ट ३२५ बी१ का चीफ एडभाइजर लायन मणिश्रीरत्न बज्राचार्यले उद्घाटन र चार्टर प्रमाणपत्र हस्तान्तरण गर्नु भएको हो । सो अवसरमा स्वागत मन्तव्य राख्दै लियो क्लब अफ काठमाडौं टेम्पल चण्डेश्वरीका फस्र्ट भाइस प्रेसिडेन्ट बिजयराम बन्जाराले लियोको मान्यता अनुसार क्लब सञ्चालन गर्न पाउँदा खुशी लागेको बताउनु भयो । कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं टेम्पल चण्डेश्वरीका अध्यक्ष अधुत्तम देगमराज शाक्यले आफ्नो कार्यकालमा लियो क्लब गठन गरे...
स्थानीय काभ्रेपलान्चोक बनेपा विविध Dec 25, 2020
मल्लकालीन झल्को दिने बासडोलका तामाङहरूको ठूलो गाउँको बस्ती, बसोबास, जीवन पद्धति र परम्परागत अभ्यासजस्ता कुराहरूलाई यस अध्यायमा सङ्क्षिप्त चर्चा गरिएको छ । बासडोलका तामाङहरू उच्च भागमा बस्न मन पराउने प्रकृतिका हुन्छन् । त्यसैले उनीहरूको बस्ती बासडोलको देउराली, पाटीटार, ठूलो गाउँ, गोठ डाँडा र बिहेबर डाँडामा रहेका छन । एकै ठाउँमा बस्न रूचाउने भएकोले उनीहरूका घरहरू गुचुमुच्च झुरूप्प परेका पाइन्छन् । आवतजावत गर्ने बाटाघाटामा ढुङ्गाका गारोहरू लगाएका र छापेका भेटिन्छन् । आर्थिक स्थितिअनुसार बासडोलका घरहरू बढीमा तीन तल्लासम्म बार्दली सहित बनाउने प्रचलन छ । यी घरहरूमा ढुङ्गाका गारा, काठका ढोका र कल...
स्थानीय बनेपा विविध Dec 04, 2020
उर्वर जमिन, बहुल जनजातिको बसोबास र विविध धर्मावलम्बी रहेका कारण बासडोल लोक संस्कृतिमा पनि धनी रहेको मानिन्छ । यसैले बासडोलमा विविध प्रकारका जातजातिहरुको जीवन बिताउने आ–आफ्नै प्रकारका जीवनदर्शन पाइन्छ । जीवन व्यतितका क्रममा आउने आरोह–अवरोहहरुले ल्याउने दुःख–सुख र अनुभूतिलाई उनीहरुले गीत, सङ्गीत र अभिनयबाट अभिव्यक्त गरिरहेका पाइन्छन् । यस्ता अभिव्यक्तिहरु बासडोलमा समयसमयमा हुने पूजाआजा, चाडपर्वहरु मनाउँदा, संस्कारहरु सम्पन्न गर्दा, जात्रामात्रा भर्न जाँदा–आउँदा, खेतबारीमा काम गर्दा र वनपाखा रनवन जङ्गल चाहार्दा अभिव्यक्ति भई गरिरहेका हुन्छन् । जसलाई यस अङ्कमा सामान्य चर्चा गर्ने कोसिस गरिएको छ ।...
स्थानीय बनेपा विविध Nov 27, 2020
बासडोलमा जन्मी, हुर्के बढेका थुप्रै स्रष्टाहरु रहेका छन् । जसले यहाँको भूमिमा भोगेका अनेक दुःख–सुखका कथालाई पनि जतनले साँचेका छन् । यीनै कथा व्यथाहरुलाई समेटेर कसैले लोकभाकामा गाएर, कसैले गीत रेकर्ड गरेर र कसैले साहित्यिक पुस्तक लेखेर आ–आफ्ना योगदानहरु सार्वजनिक गरेका छन् । जसले नेपाली वाङ्मयका भण्डारहरु भरेर योगदान दिएको पाइन्छ । अतीतमा के कति प्रतिभाहरुले योगदान दिएका थिए भन्ने कुरा अज्ञात नै छ । जे भए पनि यस अध्यायमा प्राप्त सामग्रीहरुका आधारमा यहाँका केही प्रतिभाहरुको व्यक्तित्व र कृतित्वको बारेमा सङ्क्षिप्त परिचय दिने कोशिश गरिएको छ । भाइकाजी कार्की ( वि.सं.जन्म..... – मृत्यु....... ):...
स्थानीय बनेपा जीवनशैली Nov 20, 2020
बासडोलका तामाङहरुको इतिहास उल्लेख गर्नु पूर्व नेपालमा तामाङहरुको प्रवेश कहिले भयो ? भनेर विभिन्न विद्धान र विदूषीहरुले अड्कल गरेका तर्कहरुको सामान्य चर्चा गर्ने कोसिस गरिएको छ । नेपालको प्राचीन इतिहास ऐतिहासिक प्रमाणको आधारमा भन्दा वंशावली र पुराणमा रहेका छन् । तामाङ इतिहास पनि स्वयम्भू पुराण र तिनको विश्लेषणमा आधारित रहेको छ । जसलाई सङ्क्षिप्त रुपमा यस अध्यायमा चर्चा गरिएको छ । स्वयम्भू पुराणः स्वयम्भू पुराणअनुसार प्राचीन कालमा काठमाडौं उपत्यकामा नागदह नामको सरोवर थियो । सत्ययुगमा सबभन्दा पहिला विपश्वी नामका बुद्ध आएर नागदहको उत्तर-पश्चिम कुनातिरको पर्वत जामाचोमा (अहिलेको नागार्जुन पर्वत)...
स्थानीय बनेपा जीवनशैली Nov 13, 2020
बागमती प्रदेश, काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नम्बर १२ मा पर्ने प्राकृतिक, भौगोलिक, साँस्कृतिक, ऐतिहासिक र धार्मिक रुपमा पनि प्रसिद्ध बासडोल गाउँलाई ग्राम पर्यटनको रुपमा विकास गर्न सकिने सम्भावना रहेको छ । हुन पनि बासडोल बहुधर्म रहेको गाउँ हो । वि.सं. २०६८ को जनगणना अनुसार यहाँ हिन्दू, बौद्ध, क्रिश्चियन, जैनलगायतका धर्मावलम्बीहरु रहेका छन् । बासडोलमा हिन्दू धर्मका गणेश, महादेव र देवी दुर्गामाताका मन्दिरहरु रहेका छन् भने बौद्ध धर्मावलम्वीहरुको गुम्बा, माने, स्तुप र बुद्ध प्रतिमाहरु रहेका छन् । त्यसै गरी बासडोलमा केही समय अघिसम्म क्रिश्चियनहरुको सङ्गति भवनहरु रहेका थिए भने जैन धर...
स्थानीय बनेपा जीवनशैली Nov 11, 2020
लिच्छविकालको सुरूवातको समयमा भारत र नेपाल बिचमा आवतजावत गर्ने मुख्य बाटो विदेहको राजधानी मिथिला नै थियो र त्यहाँबाट कमला नदिको किनारैकिनार भएर नेपाल उपत्यका भित्र प्रवेश गर्नु पर्दथ्यो भन्ने कुरा इतिहास शिरोमणि बाबुराम आचार्यले आफ्नो पुस्तक नेपालको साँस्कृतिक परम्परा भन्ने पुस्तकमा लेख्नु भएको थियो । यही नेपाल अर्थात तत्कालीन काठमाडौं उपत्यका (काठमाडौ, ललितपुर र भक्तपुर) बाट भारत प्रस्थान गर्दा यात्रुहरू काभ्रेपलाञ्चोकको साँगा भञ्ज्याङ, भैसेपाटी, बासडोल, पनौती, नमोबुद्ध, दाप्चा, तिमाल, महाभारत पुग्दथे । त्यसपछि सिन्धुली जिल्लाको मरिन खोला, सिन्धुली गढी, गढी भञ्ज्याङ, सुली भञ्ज्याङ, बिती खोल...
स्थानीय बनेपा जीवनशैली Nov 02, 2020
लायन्स क्लब अफ काठमाडौं टेम्पल चण्डेश्वरीको चौंथो स्थापना दिवस(चार्टर डे) सम्पन्न भएको छ । पूर्ववत अवस्थामा लायन्स क्लब अफ काठमाडौं टेम्पल लम्जुङ क्लब रहेकोमा निष्क्रिय भएपछि युवा व्यवसायी प्रकाश श्रेष्ठले बनेपा स्थानान्तरण गराई सक्रिय बनाउनु भएको हो । सो अवसरमा लायन्स क्लब डिष्ट्रिक्ट ३२५ बी१ का अर्गनाइजेसन स्ट्राटेजिक चेयरपर्सन लायन निरा बज्राचार्यले केक काटेर क्लबको स्थापना दिवसको शुभारम्भ गर्नु भएको थियो । उहाँले मन्तव्यका क्रममा भन्नुभयो, ‘निष्क्रिय अवस्थामा रहेका क्लबलाई जीवन्त बनाएर चण्डेश्वरीका लायनहरुले उदाहरण देखाउनु भएको छ । कोभिड–१९ संक्रमणका कारण तोकिए अनुसारका कामहरु गर्नमा स...
स्थानीय बनेपा प्रदेश बागमती Oct 30, 2020
ईलाका प्रहरी कार्यालय बनेपामा प्रमुख पदमा कार्यरत प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिना बागमती प्रदेश प्रहरी कार्यालयमातहतका प्रहरी यूनिटहरुमध्येबाट असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा हुनु भएको छ ।
स्थानीय बनेपा Oct 28, 2020
सवारी चाप कम गर्न काभ्रेपलाञ्चोकका बनेपा, धुलिखेल र पनौती नगरमा पुण्यमाता करिडोर निर्माण प्रक्रिया थालिएको छ । ठूला तथा मालबाहक सवारीलाई वैकल्पिक मार्ग (करिडोर)बाट आवतजावत गराई सवारी चाप तथा शहरको प्रदूषण न्यूनीकरण गर्दै जाने उद्देश्य लिइएको छ । ती तीन नगर भएर बग्ने पुण्यमाता खोलाको दायाँबायाँ करिडोर निर्माण हुने भएको हो । यसका लागि बहुवर्षीय आयोेजना करिडोर निर्माणका लागि खोलाको सीमाङ्कनको काम शुरु भएको छ । खोलाको सिमानाबाट दाँयाबायाँ १५/१५ मिटरको सडक निर्माण गर्ने योजना छ । करिडोरले विशेषगरी जिल्लाको व्यापारिक नगरी बनेपा, पर्यटकीय नगर धुलिखेल र सांस्कृतिक नगरी पनौतीमा हुने सवारी चाप कम गर्...