स्थानीय बनेपा धुलिखेल नमोबुद्ध रोशी Aug 19, 2017
अविरल वर्षाका कारण तराइमा आएको बाढीबाट पिडितहरुका लागि काभ्रेका स्थानीय तहरुहरुले सहयोग रकम घोषणा गर्न थालेका छन् । जिल्लामै पहिलो पटक धुलिखेल नगरपालिकाले सो नगरस्थित विपद व्यवस्थापन कोषबाट १ लाख ११ हजार एक सय ११ रुपैंया प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणासँगै अन्य नगरपालिका र गाउँपालिकाहरुले पनि घोषणा गर्न थालेका हुन् ।
स्थानीय बनेपा अर्थ / बजार Aug 19, 2017
बनेपा ब्वाईज् क्लबले फुटबल खेलका अतिरिक्त कला, संस्कृति, कृषि, घरेलु उद्योग र ब्यापारिक प्रबद्र्धन एवं श्री उग्रेश्वर महादेव मन्दिरको प्रचार प्रसार गर्ने उद्देश्यले ‘श्री उग्रेश्वर व्यापारिक, सास्कर्तिक, मनोरञ्जनात्मक खेल मेला–बनेपा महोत्सव–२०७४’ को आयोजना गर्ने भएको छ ।
स्थानीय पनौती Aug 14, 2017
साउनको अन्तिम सोमबार त्यसमाथि श्रीकृष्ण जन्माष्टमीसमेत । पवित्र देवस्थल पनौतीमा विहान सबेरैदेखि इन्द्रेश्वर महादेवलगायतका मन्दिरहरुमा तिर्थालुहरुको थामि नसक्नु चाप थियो । ठाउँ–ठाउँमा कन्या पूजा पनि भइरहेको थियो । यिनै तिर्थालुहरु र कन्याहरुलाई सेवा गर्ने उद्देश्यले रोट्र्याक्ट क्लब अफ पनौतीका पदाधिकारीहरु पानी, जुस, प्राथमिक उपचारका सामग्रीहरु लिएर सोमबार दिनभरि नै पनौतीको ज्ञान विकास पुस्तकालयको पाटीमा खटिइ रहेका थिए । ‘तिर्थालुहरुलाई सेवा गर्न पाउँदा धेरै खुशी लाग्यो । दिनभरिमा हामीले २ सय ३३ जनालाई पानी र जुस वितरण गर्दै सेवा दियौं’, रोट्र्याक्टर दिव्या पसछेँले भनिन् । क्लबका सदस्यहरुले ति...
स्थानीय खानीखोला Aug 10, 2017
दश दिनदेखि विरामी भएका खानीखोला गाउँपालिका वडा नं. ४ का देवान सिं वाईबालाई उपचारका लागि सदरमुकाम धुलिखेल ल्याउन १ लाख १५ हजार रुपैयाँ भाडा तिरेर हेलिकोप्टर नै चार्टर गर्नुपरेको छ । सदरमुकामबाट जम्मा ७५ किलोमिटर दक्षिणको गाउँ आँपटारसम्म सडक सञ्जाल नपुगेका कारण हेलिकोप्टर नै मगाउनुपरेको हो । झण्डै डेढ सातादेखि सामान्यभन्दा कम ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने, रिंगटा लाग्ने र बेहोस हुने जस्ता रोगले वाईबालाई मृत्यु नजिक पु¥याएपछि परिवारले हेलिकोप्टरबाट उपचारका लागि धुलिखेल अस्पतालमा ल्याइएको हो । उनलाई धुलिखेल अस्पताल पु¥याउनका काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरी ट्य...
स्थानीय धुलिखेल Aug 09, 2017
जिल्ला समन्वय समिति काभ्रेको बुधबार भएको निर्वाचनमा प्रमुख, उपप्रमुख र ७ सदस्य गरी ९ वटै पदमा एमालेका उम्मेदवारहरु बिजयी भएका छन् । जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका उद्धव केसी बिजयी भएका छन् भने उपप्रमुखमा एमालेकै मञ्जु गौतम बिजयी भएकी छिन् । उनीहरु दुबैले १४ मत पाएका छन् । प्रमुखका प्रत्यासी काँग्रेसका शंखबुद्ध लामा र उपप्रमुखका प्रत्यासी नेकपा माओवादी केन्द्रका चेतमाया चौंलागाईं गौतमले १२ मत पाएका छन् । समन्वय समितिको निर्वाचनमा कूल २६ मत रहेकोमा एमालेको प्यानलले १४ र काँग्रेस–माओवादी गठबन्धनले १२ मत पाएको छ । समन्वय समितिको महिला, खुल्ला र दलित÷अल्पसंख्यक गरी ७ वटै सदस्यमा समेत एमाल...
स्थानीय पनौती Aug 06, 2017
रोटरी क्लब अफ पनौतीको भगिनी क्लबका रुपमा हालै स्वीकृतिप्राप्त रोट्र्याक्ट क्लब अफ पनौतीको स्थापना उत्सव(चार्टर डे प्रिजेन्टेसन) मनाइएको छ ।
स्थानीय बनेपा अर्थ / बजार Aug 04, 2017
नेपाल आयल निगमसँग १२ हजार लिटर तेल(पेट्रोल या डिजेल) किनेर पम्पसम्म ल्याइपुर्याउँदा २ सय ९६ लिटर तेल कम हुँदो रहेछ ।
स्थानीय बनेपा Aug 03, 2017
नेपालका लागि अष्ट्रेलियाका राजदूत पीटर बडले बनेपा, बुडोलमा रहेको रेयुकाइ मासुनागा आँखा अस्पतालको विहीबार विहान अवलोकन गरेका छन् ।
धुलिखेल जीवनशैली घुमफिर Aug 02, 2017
धुलिखेल दर्जनौ पटक पुगियो तर कहिल्यै सुनिएन एक हजार खुट्किलाके नाम जो मुस्किलले २० मिनेटके दुरीमा रहेछ । काभ्रे भन्यो कि धुलिखेलपछि उही नमोबुद्द । होमस्टेका कारण हिजोआज बल्थलीको नाम चर्चामा छ । तर कसैबाट यो हजार खुट्किलाको नाम सुनेके थिइन् । ब्रोडब्याण्ड सम्बन्धि कार्यक्रमका लागी ४ दिने बसाइका लागि धुलिखेल पुगेको पहिलो दिनमै नाम सुनियो । कार्यक्रमका सहभागी विजमाण्डुडटकमका उमेश पौडेलले पहिलो दिन बिहीबार बेलुकानै प्रस्ताव राखेका विहान ५ वजे उठेर थाउजेन स्टेपमा जाने । रमाइलोसँगै विहानी हिडाई पनि हुने उनको प्रस्तावमा क्लिकमाण्डुडटकमका सम्पादक शिव सत्याल, मिडिया चौतारीको सन्चालक प्रवेश सुवेदी र म स...
स्थानीय धुलिखेल जीवनशैली Jul 31, 2017
स्वर्गीय गुरुदेव साधक सत्यमले साधक परिवार धुलिखेललाई प्रत्येक वर्ष साउन महिनामा बोलबम यात्राका लागि उत्प्रेरणा दिनु भएको लामो समय भएको छ । गुरुदेव यस संसारमा नरहनु भए पनि धुलिखेल परिवारले बोल बम यात्रालाई निरन्तरता दिँदै आएका छन् ।